राजेन्द्रकुमार राईको प्रतिबद्धता पत्रमा गाँजा समेटियो

Published on

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी उहाँले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। त्यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने तथा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकालाई नमुना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 

त्यस्तै कृषि उत्पादनको व्यावसायिकरण, प्रशोधन र बजारीकरणमा जोड दिने योजना सार्वजनिक गरिएको छ। धनकुटामा चिया, अलैंची, सुन्तला, किवी, कफी, ड्रागन फललगायत उच्च मूल्यका कृषि उपजको उत्पादन र बजार विस्तार गरिने जनाइएको छ। पर्यटन प्रवद्र्धनअन्तर्गत धनकुटा सदरमुकामको ऐतिहासिक टुँडिखेललाई आधुनिक स्वरूपमा विकास गर्ने, विभिन्न धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पूर्वाधार विस्तार गर्ने योजना समेत उम्मेदवार राईले अघि सारेका छन्। नाम्से झरना–नागे केवलकार, आधुनिक खेलमैदान, कोल्ड स्टोर निर्माण तथा अधुरा विकास परियोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि समेटिएको छ। पत्रकार सम्मेलनमा बोल्दै राईले यी प्रतिबद्धता पुरा गर्न लागि पर्ने बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...