धनकुटामा पनि मनाइयो सहिद दिवस

Published on

काठमाडौं । सहिदहरुको सम्झनामा धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि सहिद दिवस मनाइएको छ । शुक्रबार सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायन श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्यन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो । धनकुटा नगरपालिका–६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको गरिको थियो । यस्तै सहिदको सालिकमा माल्यार्पण गरी धनकुटा–७, स्थित बसपार्कमा रहेको सहिद स्मारक स्तम्भमा आएर कोण सभा गरिएको थियो भने उक्त स्तम्भमा समेत माल्यार्पण गरीएको थियो । वि.सं. १९९४ साल असार २४ गते जन्मिएका सहिद भीमनारण श्रेष्ठलाई वि.सं. २०३० साल चैत ३ गते चर्चित विराटनगर बस काण्डको अभियोगमा पक्राउ गरी लामो समय जेलमा राखियो । कठोर यातनापछि उनलाई वि.सं. २०३५ साल माघ २६ गते मृत्युदण्ड दिएको थियो । श्रेष्ठलाई नेपाल सरकारले वि.सं. २०७२ साल फागुन १९ गते राष्ट्रिय सहिद घोषण गरेको थियो ।

माल्यार्पण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हे.क्वा. छिन्ताङ, धनकुटाका डिएसपी प्रेम प्रकाश सिग्देल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, महिला नेतृ, मानव अधिकारकर्मी र सहिद परिवारलगायतले सहिदको सालिकमा फूलगुच्छा चढाई श्रद्धाञ्जली अर्पणसहित माल्यार्पण गरेका थिए ।

सरकारले सहिद दिवसकै अवसरमा सार्वजनिक विदा दिएको भएपनि स्तम्भमा माल्यार्पण गर्न सरकारी कर्मचारीको उपस्थित भने न्यून रहेको थियो । बसपार्कमा रहेको शहीद स्मारक स्तम्भ २०६० सालमा निर्माण गरिएको हो । हुस्साडेक नेपालले निमार्ण गरेको सहिद स्मारक स्तम्भमा चार जना सहिदको फोटो राखिएको छ भने छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना सहिदको नाम पनि शिलालेखमा समावेश गरिएको छ । सो स्थानमा हरेक बर्ष सहिद दिवसमा सहिदको सम्झना गर्ने गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...