मर्स्याङ्दी आँखा शिविर : एकसय ३५ को शल्याक्रिया

Published on

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको निःशुल्क आँखा जाँच तथा शिविरमा एकसय ३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा नेपाल नेत्रहीन संघ (समावेशी विकासका लागि कार्य) लमजुङ र नेपाल नेत्रज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । वडागत रुपमा आयोजना गरिएको शिविरमार्फत कुल १ हजार ११५ जना आँखाका बिरामीहरूको जाँच गरिएको थियो । जसमध्ये गाउँपालिकामा आयोजना गरिएको तीन दिने शल्यक्रिया शिविरमा १३५ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो ।  

यस्तै, ६६१ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । ५६ जनालाई नजिक हेर्ने चश्मा निःशुल्क प्रदान गरिएको छ । शल्यक्रिया सम्पन्न भएका १३५ जनालाई आँखाको सुरक्षाका लागि कालो चश्मासमेत निःशुल्क वितरण गरिएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरले दृष्टि समस्या भएका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको नेपाल नेत्रहीन संघ (समावेशी विकासका लागि कार्य) लमजुङका पुनस्र्थापना अधिकृत प्रेम महर्जनले बताउनुभयो । शिविरमा भरतपुर आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...