नरैनापुरमा धार्मिक मेला सुरु

Published on

काठमाडौं । हिन्दु मुस्लिम एकता र नेपाल भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतिकको रुपमा बाँकेको नरैनापुरमा १५१ वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ । प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलीफा नूर अहमद शाहको मजारमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेला शनिवार रातीबाट सुरु भएको हो । सो मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हजारौं हिन्दु मुस्लिम धार्मिक श्रद्धालुहरुको सहभागिता रहेको छ ।

नेपालगन्जदेखि करिव ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उक्त मेलाको उदघाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले गर्नुभयो । मेला एकसाता सम्म सञ्चालन हुने जनाइएको छ । सो अवसरमा बोल्दै अध्यक्ष शाहले खलीफा नूर अहमद शाहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलको रुपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो । नरैनापुरका हिन्दु मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु मुस्लिमसंगै सीमापारी भारतका पनि सयौं हिन्दु मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाको रुपमा पनि मनाइने गरिएको उहाँको भनाइ थियो । प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दु मुस्लिम जो कोहीको पनि मनोकामना पुरा हुँदै आएकोले मेलामा आउनेहरुको संख्या वर्षेनी बढ्दै गएको छ । 

बिशेषगरि राती लाग्ने सो मेलामा रातिको समयमा धार्मिक प्रवचन हुदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको समाधीमा फातिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । धार्मिक सदभाव र एकताको प्रतिकको रुपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने मेलामा सहभागिहरुको माग छ । मेलामा सहभागि हुन नेपालगन्जबाट पुग्नु भएका वडा नम्बर २ का रमजान अलि र दिनेश थापाले यो समाधीले धार्मिक एकता र सदभावलाई बढाउन अहम भूमिका निर्वाह गरेकोले यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतो, वडा अध्यक्षहरु मसुद अहमद शाह र इशाक जोलाहा, पत्रकार आलम खान तथा मेला संयोजक गुफरान शाह लगायतको सहभागिता रहेको थियो । मेलामा सहभागी श्रद्धालुहरुलाई खानेपानी, आवास तथा स्वास्थ्य उपचारकोलागि विभिन्न शिविरहरु सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...