मुस्ताङीहरुलाई चिसोको चिन्ता, छैन चुनावी रौनक

Published on

काठमाडौं । माथिल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबैजसो बस्ती सुनसान छ । बजार तथा ग्रामीण क्षेत्रमा रहेका होटल, पसल तथा ब्यक्तिको घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ । गाउँ तथा आसपासको क्षेत्र हिउँले छपक्कै छोपिएको छ । लोमान्थाङ र लो–घेकर  दामोदरकुण्ड गापाका करिब ८० प्रतिशत स्थानीय कठ्याङ्ग्रिँदो चिसोसँगै बेंसी झरेका छन् । गत मङ्सिर र पुस महिनामा जाडो छल्न झरेकाहरू गाउँ नफर्किएका कारण आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौकनता छैन ।

गाउँमा कुरुवा, बृद्धबृद्धासहित केही सर्वसाधारण बाहेक स्थानीय जनप्रतिनिधि, ब्यवसायी तथा सर्वसाधारण जिल्ला बाहिर भएका कारण उम्मेदवार मनोनयन दर्तापछि माथिल्लो क्षेत्रमा प्रवेश गरेका छैनन् । दुबै पालिकाको मुख्य बस्ती चराङ, लोमान्थाङ, छोसेरसहित छोण्हुप, घमी, सुर्खाङजस्ता धेरै जनसंख्या भएका बस्तीहरूमा फागुन नलागी चहलपहल हुने सम्भावना न्यून रहेको स्थानीयको भनाइ छ । आगामी फागुन २१ गते जिल्लामा मुख्य प्रतिस्पर्धा हुने नेपाली काँग्रेसका उम्मेदवार प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली मनोनयदर्ता लगत्तै पोखरा, काठमाडौंमा रहेका मतदातामा केन्द्रित हुनुहुन्छ । माथिल्लो मुस्ताङको दुई गाउँपालिकामा ३५ सय ५३ मतदाता छन् । 

नेकपा (एमाले) का उम्मेदवार विष्ट भन्नुहुन्छ, ‘‘माथिल्लो क्षेत्रका मतदाता जिल्ला बाहिर भएकाले चुनावी प्रचारप्रसार गाउँमा हुन सकेको छैन्, हामीले चुनाव केन्द्रित अभियानलाई जिल्ला बाहिर रहेका मतदातामा केन्द्रित गरेका छौ ।’’ पहिलो पटक संसदीय निर्वाचनमा माथिल्लो क्षेत्रबाट उम्मेदवार बन्नुभएका विष्टले फागुन महिनामा मतदातासँगै गाउँ फर्किने योजना रहेको बताउनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार थकालीले मतदाता भेटघाटसहित चुनावी रणनीति बनाउन केन्द्रित रहेको बताउँदै मतदाता अनुकुल हुने क्षेत्रमा केन्द्रित भएर चुनावी गतिविधि सञ्चालन गरेको बताउनुभयो । जाडो याममा बस्ती क्षेत्रमाभन्दा मतदाता केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला बाहिर विभिन्न सहरमा स्थायी तथा अस्थायी बसोबास गरेका मतदातालाई सम्पर्क गर्नुपरेको थकालीको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘मैले कार्यतालिका बनाएर अगाडि बढेको छु, मतदातालाई भेट्न देशभर जाने योजना छन ।’’ 

यसैबिच नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली काठमाडौंमा रहेका मतदातालाई आफ्नो पक्षमा पार्न विहानैदेखि घरदैलो अभियानमा जुट्नु भएको छ । गत माघ ६ गते मनोनयन दर्ता गरेलगत्तै जिल्ला बाहिर गएका उम्मेदवारले मतदाता बसेको स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिरहेकाले तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा समेत चुनावी चहलपहल कम छ । तल्लो क्षेत्रका करिब ५० प्रतिशतभन्दा बढी मतदाता जिल्ला बाहिर छन् । यहाँ ७ हजार ७ सय ७५ मतदाता रहेका छन् । माथिल्लो क्षेत्रका विद्यालयले पोखरा, तनहुँ लगायतका जिल्लामा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् । तल्लो क्षेत्रमा पर्ने तीन स्थानीय तहले जाडो विदा दिएकाले अभिभावक बालबालिका लिएर जिल्ला बाहिर छन् । यहाँ चुनावी चहल–पहलका लागि जमघटलाई चिसोले रोकेको छ । 

विगतमा स्थानीय तहको निर्वाचन बैशाख तथा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन  मङ्सिर महिनामा हुने भएकाले पनि उम्मेदवारलाई अहिलेजस्तै गरी मतदाता खोज्दै हिड्नुपर्ने झन्झट थिएन । यसपटक फागुनमा हुने निर्वाचनमा सबैभन्दा धेरै समस्या भएको र उम्मेदवारको समेत खर्च बढ्ने अनुमान गरिएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्ति क्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...