बेवारिसे अवस्थामा युवतीको शव फेला

Published on

काठमाडौं । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक युवतीको शव फेला परेको छ । भीमदत्त नरपालिका –१० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा बेवारिसे अवस्थामा अन्ताजी २४–२५ बर्षका एक युवतिको शव फेला परेको प्रहरीले जनाएको हो । युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । स्थानीयको खबरपछि प्रहरीको टोलीले शव फेला पारी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

लामो समयदेखि बंग्यादोल खोला किनारामा बेवारिसे अवस्थामा फेला परेको शव सड्न लागेका कारण पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे फेला परेको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । 

शवको पहिचान हुन नसकिएकाले मृतकका परिवारलाई सम्पर्कमा आउन समेत प्रहरीले आग्रह गरेको छ । साथै, घटनास्थलबाट बरामद गरिएका युवतिका कपडा समेत सार्वजनिक गर्दै प्रहरीले पहिचान गरी सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरीका अनुसार युवतीले लगाएको लुगा रगतले भिजेको पाइएको थियो । युवतिको शरीरमा सामान्य चोट रहेको तर हत्या गरिएको वा अन्य कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...