नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ

Published on

काठमाडौं । झापाका विभिन्न ठाँउमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ वर्षीय जितबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा बिकले सुन जस्तो देखिने पहेलो धातु (नक्कली सुन) धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो । 

यसभन्दा अघि बिर्तामोडमा पनि बिक यस्तो कार्यमा संलग्न रहेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्वेलर्सका सञ्चालकले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले बिकको साथबाट नक्कली सूनको गहना सहित नियण्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाएको खड्काले जानकारी दिनुभयो । लोभलालच देखाएर यस प्रकारका ठगीका घटनाहरु हुनसक्ने भएकाले सचेत हुन प्रहरीले सबैलाई आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...