थालेसिमियाका बिरामीले भेरी अस्पतालबाट एक लाखको उपचार खर्च पाउने

Published on

काठमाडौं । सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन्। सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सो सुविधा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औषधी उपचार खर्च पाउने भएका हुन् । यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् ।

सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहनुभएका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले थालेसेमियाका बिरामीले पनि अब भेरी अस्पतालबाटै शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, प्रयोगशाला लगायतमा उक्त सुविधा प्राप्त गर्ने बताउनुभयो । उहाँका अनुसार मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सेवा पाउँदै आएकोमा अवदेखि थालेसिमियाका बिरामीलाई पनि एक लाख रुपियाँसम्मको उपचार सहयोग पाउने भएपछि उनीहरुलाई ठूलो राहत मिल्ने भएको छ ।

सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया, सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सुविधा पाउने भेरी अस्पताललले जनाएको छ । भेरी अस्पतालमा थालेसिमियाका करिव १०० जना बिरामी फलोअपमा रहेको जनाउँदै अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले सरकारी सेवा पाउने भएपछि थालेसिमियाका बिरामीको एकिन गर्न सहज हुने बताउनुभयो । उहाँले सिकलसेलका एक हजार २०० बिरामी भेरी अस्पतालमा नियमित फलोअपमा रहेको पनि बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...