बर्दियामा ३७ करोडको केरा बिक्री

Published on

काठमाडौं । बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दियामा एक हेक्टरमा करिब ५० मेट्रिक टन केरा उत्पादन हुँदै आएको केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल बि.कले बताउनुभयो । यस वर्षको केराको सिजनमा किसनहरूले ३७ करोडको केरा बिक्रि गर्न सफल भएको उहाँले बताउनुभयो । सुरुको समयमा केरा नबिकेपनि सरकारले भारतबाट केरा आयात पूर्ण रुपमा रोकेपछि केराको बिक्री बढेको थियो । 

दसैँसम्म नबिकेको केरा सरकारले भारतीय केरा रोग लागेको भेटाएपछि केरा आयातमा रोक लगाएको थियो । त्यसपछि बर्दियामा उत्पादन भएका केरा धमाधम बिक्री भएका थिए ।दसैँ अगाडि सम्म काँचो केरा तीन सय रुपियाँ प्रति क्रेट बिक्री गर्न बाध्य किसानले केरा आयात बन्द भएपछि पाँच सय रुपियाँ सम्म मूल्य पाएका थिए ।  यस वर्ष गत वर्षको तुलनामा केरा किसानको आम्दानी केही घटेको छ । सुरुमा केरा बिक्री नभएको र पछि बर्सातको कारणले बिक्री गर्न तयार भएका केरामा ढुसी लागेपछि उत्पादनमा कमी आएको थियो । बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ७५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।गत वर्ष बर्दियामा वार्षिक ४० करोड बराबरको केराको कारोबार भएको थियो । केरा खेती गर्ने किसानले विगत १४ वर्ष देखि सरकार समक्ष भारतीय केराको आयात बन्द गर्नुपर्ने माग राख्र्दै आएका थिए । यस वर्ष पनि किसान कृषि मन्त्रालय मै पुगेर केराको आयात रोक्नु पर्ने माग गरेका थिए । सोही समय भारतमा केरामा लाग्ने टि आर फोर नामक रोगको प्रकोप फैलिएपछि केरा आयात पूर्ण रुपमा बन्द भएको अध्यक्ष वि.कले बताउनुभयो । 

भारतबाट आयात बन्द भएपछि बर्दियामा केरा खेती थप विस्तार हुने सम्भावना बढेको छ । केरा किसान टिका कुमारी सम्सेली मगरले नेपाली केराले नै बजारको माग धान्ने बनाउनका लागि थप खेती विस्तार तर्फ लागेको बताउनु भयो ।  उहाँले भन्नुभयो,“अब केराको बजार मूल्यको चिन्ता भएन अरु किसानलाई पनि केरा खेती गर्न प्रेरित गरिरहेका छौँ । किसानलाई सङ्गठित बनाएर सामूहिक रुपमा केरा खेती गर्ने सोच बनाएका छौँ ।”

किसानले यस वर्ष केरा खेती थप गर्न थालेको केरा किसान तथा व्यवसायी शम्भु प्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“किसान केरा खेती तर्फ थप आर्कषित भएका छन् । अब केरा खेतीको क्षेत्रफल बढ्ने सम्भावना रहेको छ ।”बर्दियामा केरा खेती बिस्तार सँगै व्यवस्थीत हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थामबाट रेसा  निकाल्ने उद्योग स्थापना भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...