म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।  बयालीस घरधुरीको बसोवास रहेको दोसल्लो गाउँमा गतवर्ष सुन्तलाबाट एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिनुभयो । “गत वर्षको तुलनामा यसपाली बोटमा २५ प्रतिशत कम दाना लागेको छ,” उहाँले भन्नुभयो “बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।” बढी मूल्य पार्नका लागि माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । 

दोसल्लेको बगैँचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । किसान र व्यापारीहरूलाई सुन्तला टिपेर, ग्रेडिङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताउनुभयो । “यसअघिका वर्षमा मङ्सिर–पुष महिनामा सुन्तला बिक्री गर्दा २० किलोको प्रतिक्रेट एक हजार सात सयमा बिक्री हुने गरेको थियो,” उहाँले भन्नुभयो “यसपाली प्रतिक्रेट दुई हजार पाँच सय मूल्यमा बिक्री भइरहेको छ ।” अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार दुई सयसम्म मूल्य तिर्न तयार भएका अर्का किसान विकास श्रेष्ठले बताउनुभयो । पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । 

दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...