भाषण होइन, काम गरेर देखाउँछौं : अध्यक्ष घिसिङ

Published on

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशीला कार्की नेतृत्व सरकारका पूर्व मन्त्री कुलमान घिसिङले आफूहरूले अहिलेसम्म काम गरेर नतिजा दिएको र आगामी दिनमा पनि निरन्तर ‘डेलिभरी’ दिने दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि आउनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी छोटो समयमै स्थापना भए पनि अग्र्यानिक रूपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले भाषणभन्दा कामलाई प्राथमिकता दिने पार्टीको नीति रहेको उल्लेख गर्नुभयो । “प्रधानमन्त्री भाषण गरेर होइन, जनताले छानेर बन्ने हो,” उहाँले भन्नुभयो, “हामी आफै नेतृत्व गर्न र परिवर्तन ल्याउन राजनीतिमा आएका हौं ।” देशको समग्र क्षेत्रमा उज्यालो ल्याउने उद्देश्यसहित राजनीतिक क्षेत्रको दुर्गन्ध हटाएर स्वच्छ राजनीति स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष घिसिङले देशलाई आर्थिक रूपमा समृद्ध बनाउँदै रोजगारी सिर्जना गर्ने योजना पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्नुभयो । “पहिले पनि सेवा गरेका छौँ, आगामी दिनमा पनि जनताका पक्षमा काम गर्ने खालका परिवर्तन ल्याउनेछौँ,” उहाँले भन्नुभयो । जनताले समर्थन गरे आफूहरू नै प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने दाबी पनि उहाँले गर्नुभयो । जनकपुरधाममा भेटघाट कार्यक्रम सम्पन्न गरेपछि अध्यक्ष घिसिङ नेपालको पूर्वी जिल्लातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रिय सदस्य मनिषा कुमार साहले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...