सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Published on

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७१० कायम भएको छ । बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...