मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो । बिहीबार यहाँ आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको हो । माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । यसैगरी जोमसोमस्थित इन्द्रबक्स गणमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यकता परेमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पनि थप निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको छ ।

 माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङस्थित गाउँपालिकाको एक भवनमा सशस्त्र प्रहरी बल नेपालको बिहीबार निर्वाचन सुरक्षा बेस स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यहाँ केन्द्रबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा २४ सशस्त्र प्रहरीका निर्वाचन सुरक्षा टोली परिचालित भइसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ । पैँतिस जनाको निर्वाचन सुरक्षा बेस स्थापना गर्नेगरी चराङमा सशस्त्र प्रहरी टोली खटाइएको हो । त्यसमध्ये २३ सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मको सुरक्षा टोली पठाइएको हो भने बाँकी थप ११ जना निर्वाचन प्रहरीको तालिम प्रशिक्षण सकेपछि खटाइने जनाइएको छ । त्यहाँको निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक ऋषिकेश राउतले नेतृत्व गर्नुभएको छ । यसैगरी यहाँस्थित निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा क्विक रेस्पोन्स टिम (क्युआरटी) समेत गठन भइसकेको जनाइएको छ । सरकारले घोषित निर्वाचनलाई सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसँगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्ने कार्य सुरु गरिसकेको छ । यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र चराङस्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...