आहा रारा पोखरा गोल्ड कपमा १२ टिम

Published on

काठमाडौं । पोखरामा माघ २७ गतेबाट सुरु हुने आहा रारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले तीन विदेशीसहित १२ टिम सहभागी हुने टुङ्गो लागेको जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च क्बाइज युनाइटेड, एपिएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, फ्रेन्डस् क्लब र सहारा क्लब सहभागी हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । यसपालिको विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार पाउने छन् । अघिल्लो वर्ष विजेतालाई १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपियाँ प्रदान गरिएको थियो । यसपालि सर्वाेत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर, हरेक खेलका म्यान अफ दि म्याचलाई नगद १० हजार र ट्रफी, प्रत्येक खेलका भाग्यशाली दर्शकलाई पाँच हजार र हरेक खेलमा फ्यान अफ् दि म्याचलाई दुई हजार पाँच सय प्रदान गरिने छ । यसैगरी, अनुशासित टिमलाई २५ हजार र विधागतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्टाइकर, कोच, गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ । 

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पहिलो दिनको खेल सहारा क्लब पोखरा र गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङबिच हुने जानकारीसमेत दिनुभयो । सोही अवसरमा खेल तालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा फागुन ९ गते फाइनल खेल हुने छ । यसपालि पोखरामा पहिलो पटक पोखरामा फल्डलाइट जडान गरी साँझमा पनि खेल खेलाउने तयारी छ। आहा राराको २४ औँ संस्करणको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...