बैतडीमा तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।शनिबारसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा ३ सय ८७ नाल इजाजतप्राप्त भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । बन्दुकमा प्रयोग हुने गोली भने हालसम्म कसैले पनि फिर्ता नगरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको अवधिभित्र सबै हातहतियार फिर्ता नआएपछि थप सूचना प्रकाशित गर्दै म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त हात हतियार फिर्ता बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...