महोत्तरी–१ मा कांग्रेसको चुनावी माहोल तात्दै, सभापति गगन थापा आज बर्दिवासमा

Published on

काठमाडौं । महोत्तरी क्षेत्र नं. १ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउनुहुने भएको छ। उहाँको आगमनसँगै क्षेत्रीय राजनीतिक गतिविधि थप सक्रिय बनेको छ। सभापति थापा बर्दिवासस्थित कांग्रेसको स्थानीय प्रचार–प्रसार कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुने कार्यक्रम तय भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिलकुमार यादवका अनुसार उक्त अवसरमा सभापति थापाले प्रदेश तथा केन्द्र सरकारका विकास योजना, पार्टीका नीतिगत धारणा र आगामी निर्वाचनको महत्वबारे मतदातालाई जानकारी गराउनुहुनेछ।

सभापति थापाको बर्दिवास आगमनलाई लिएर स्थानीय कांग्रेसका युवा तथा महिला कार्यकर्तामा उत्साह देखिएको छ। उनीहरू पार्टीको सन्देश घरघरमा पुर्‍याउने, क्षेत्रीय विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै प्रभावकारी चुनावी रणनीति अघि सार्ने तयारीमा जुटेका छन्। विगतदेखि नै सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय रहेको कांग्रेसले यसपटक पनि व्यापक जनसमर्थन जुटाउने विश्वास व्यक्त गरेको छ। स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक चेतनाको दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा बर्दिवासमा राजनीतिक चहलपहल तीव्र बन्दै गएको छ।

कांग्रेस बर्दिवास नगर समितिका सचिव विनोद ढुङ्गेलका अनुसार सभापति थापा आज साँझ ५ बजे प्रचार–प्रसार कार्यालय बर्दिवास पुगेर सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यसैबीच, महोत्तरी क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा डा. मुकेशराज काफ्ले निर्वाचन मैदानमा उत्रनु भएको छ। ऊर्जा, प्राविधिक शिक्षा तथा पूर्वाधार विकासका महत्वपूर्ण चरणहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको काफ्लेलाई कांग्रेसले अनुभवी र सक्षम उम्मेदवारका रूपमा अघि सारेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...