लागु औषध ट्रामाडोल र डिकोलिक ट्याब्लेट बरामद

Published on

काठमाडौं । सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध बरामद हुने क्रम जारी रहेको छ । प्रहरीले पच्छिलो पटक जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ८ तिनकुनेबाट लागु औषध बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इटहरीबाट धरान तर्फ जाँदै गरेको प्र. १–०२–०५५ प. ११३२ नम्बरको मोटरसाइकलमा लागु औषध बरामद गरेको हो ।  मोटरसाइकल सवार चालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका वडा नं.३ का २० वर्षीय नविन कँडेलको साथबाट लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नवीन कँडेलको साथबाट लागु औषध ट्रामाडोल ५९०  क्याप्सुल र डिकोलिक  ५९०  ट्याब्लेट फेला परेकाले दुबै जनालाई उक्त लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन...

दार्चुलाका सात मतदान केन्द्रका मतपेटिका हेलिमार्फत ढुवानी गरिने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए...

१२ वर्षपछि बदलियो घुमाउने पुलको नक्सा

काठमाडौं । मुग्लिङनारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सुरु भएको १२...

अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

काठमाडौं । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु-औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा...