सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

Published on

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइएको छ। चैत्रशुक्ल नवमीको अवसरमा भगवान् श्रीरामको जन्म भएको सम्झनामा पूजा–अर्चना र मेला आयोजना गरिएको हो। रामनवमी पर्व त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्रीरामको जन्म भएको दिनको सम्झनामा मनाउने गरिन्छ। हिन्दु समुदायका स्थानीयहरूले घरघरमा रामको मूर्ति बनाएर पूजा–अर्चना गरेका छन्।

सुनसरीको कोशी गाउँपालिका–१, लौकहीमा रामजानकी मन्दिरमा भव्य पूजाआजा र रामजानकी रथ यात्रा निकालिएको छ। यसैगरी, रामधुनी मन्दिरमा नेपाल, भुटान र भारतबाट आएका भक्तजनहरूको ठूलो सहभागिता रहेको थियो। रामनवमी पर्व चैत्र शुक्ल नवमी तिथिमा पर्ने हुँदा हिन्दु धर्मग्रन्थ रामायणअनुसार यस दिन भगवान् श्रीरामको जन्म भएको मानिन्छ। यस पर्वको अवसरमा आद्य शक्ति नवदुर्गा देवीको पनि पूजा गरिन्छ। त्रेता युगमा श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जनकल्याण गरेको सम्झनामा यो पर्व विशेष रुपमा मनाइन्छ। हिन्दू धर्मावलम्बीहरूले रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी मन्दिरमा पुगेर पूजा आराधना गरेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...

बाँकेमा १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता पुनः कायम

काठमाडौँ । बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा...