गाउँमै माटो परीक्षणले कृषक उत्साहित

Published on

काठमाडौं । सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४ खोकुमा गाउँमै पुगेर माटो परिक्षण गरिएको छ । त्यस्तै, तरकारी बालिमा समस्या देखिन थालेपछी धनकुटाकै छथरजोरपाटी गाउँपालिका–६ सिधुवामा पुगेर माटो परीक्षण शिविर सञ्चालन गरिएको छ ।खोकु उत्कृष्ट रसिलो गुलियो सुन्तलाको लागि र सिधुवा क्षेत्र तरकारीको लागि राम्रो क्षेत्र हो । उत्पादनमा समस्या आए पनि परिक्षण केन्द्र नजिकै नहुँदा कृषकको लागि माटो परिक्षण असम्भवझैँ थियो । तर अहिले समस्याग्रस्त क्षेत्रमा पुगेर माटो परिक्षण शिविर सञ्चालन गरेपछि कृषक उत्साहित छन् ।  राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यान्वयन एकाइ (तेह्रथुम) जोन प्राविधिक एकाइ धनकुटाको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला, कोशी प्रदेश (झुम्का, सुनसरी)सँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय किसानको खेतबारीको माटो परीक्षण गरिएको हो । आधुनिकीकारण कार्यक्रम (तेह्रथुम जोन) का प्रमुख राजीवकुमार पाख्रिनका अनुसार यस वर्ष सुन्तला, तरकारी र अलैँची बालीलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको छ ।

सहिदभूमि गाउँपालिका क्षेत्रलाई सुन्तलाको प्रमुख उत्पादन क्षेत्र मानिने भएकाले यहाँ माटो परीक्षणलाई विशेष प्राथमिकता दिइएको उहाँको भनाइ छ । “माटोमा कुन तत्व कति छ र कुन बालीका लागि कति आवश्यक छ भन्ने थाहा पाएपछि अनावश्यक मल प्रयोग घट्छ र उत्पादन बढाउन सहयोग पुग्छ,” पाख्रिन भन्नु हुन्छ । शिविरमा मोबाइल भ्यानमार्फत स्थलमै माटो परीक्षण गरिन्छ । त्यस्तै माटो परीक्षणबाट प्राप्त प्रतिवेदनलाई केन्द्र सरकारसम्म पुर्‍याई आगामी दिनमा क्षेत्रअनुकूल कृषि विकासका योजना बनाइने जनाइएको छ । परीक्षणपछि किसानलाई तत्कालै नतिजा उपलब्ध गराई आवश्यक मलखाद र सुधारका उपायबारे जानकारी दिने माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख सहायक माटो विज्ञ राजेन्द्रप्रसाद यादव बताउनुहुन्छ । यादवका अनुसार सहिदभूमिको माटोमा अम्लीयपन सामान्य (ठीकठाक) अवस्थामा रहेको पाइएको छ भने सिँधुवाको माटोमा अम्लीयपन बढी देखिएको छ । 

सहिदभूमिको माटो सुन्तला खेतीका लागि उपयुक्त नै रहे पनि केही हदसम्म अम्लीय छ । “माटोको उर्वराशक्ति मध्यम अवस्थामा छ, तर अम्लीयपन सुधार गर्न सकिएमा सुन्तलाको स्वाद र उत्पादन दुवैमा सुधार आउन सक्छ,” यादव भन्नु हुन्छ । त्यस्तै सिँधुवा क्षेत्रको माटोमा भने अम्लीयपन बढी भएकाले विशेषगरी तरकारी खेतीमा असर पर्ने देखिएका जनाइएको छ ।गाउँगाउँमै पुगेर माटो परिक्षण हुन थाले पछि कृषक पनि खुशी छन् । कृषकलाई माटो कसरी संकलन गरीन्छ भन्ने बारे सिकाईन्छ । त्यस्तै, मलखादबारे स्पष्ट जानकारी दिइन्छ । माटो परिक्षणको सुल्क समेत लाग्दैन । जसले उत्पादन वृद्धि, लागत न्यूनीकरण र दिगो कृषि प्रणाली विकासमा सहयोग पुग्ने धनकुटा सिधुवाका तरकारी उत्पादन कृषक मेघ वहादुर खड्का बताउनुहुन्छ । पहिलो चरणमा दुइ स्थानका गरी करिब एक सय किसानका खेतबारीबाट माटो नमूना संकलन गरी समग्र क्षेत्रको प्रतिनिधित्व हुने गरी माटो परीक्षण गरिएको थियो । कार्यक्रम प्रभावकारी भएको भन्दै अन्य स्थानमा समेत यो कार्यक्रम सञ्चालन गर्न कृषकको माग छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

असनमा हरेक शनिबार सवारी निषेध गरिने

 काठमाडौं । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी...

विराटनगरमा विद्युतीय सुरक्षा सचेतना र्‍याली

काठमाडौं । सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै...

आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ...

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क...