नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, नेपाल–जापान सहकार्यको नयाँ अध्याय

Published on

बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका नेपालस्थित राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्नुभएको हो।

नेपाल–जापान मैत्री तथा सहकार्यको प्रतीकका रूपमा निर्माण सम्पन्न भएको यो सुरुङमार्गले काठमाडौं उपत्यकाको प्रवेशद्वार नागढुङ्गा क्षेत्रमा हुने सवारी जाम घटाउनुका साथै यात्रा समय छोट्याउने अपेक्षा गरिएको छ। यस परियोजनालाई नेपालको यातायात पूर्वाधार विकासमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...