कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

Published on

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। कांग्रेसले महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेतृत्वलाई निम्तो दिएको थियो। संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ भने महाधिवेशनका अन्य कार्यक्रम असोज १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछन्।

कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ। विभिन्न दलका शीर्ष नेताहरूलाई कांग्रेसले महाधिवेशनमा शुभकामना मन्तव्यका लागि निम्तो दिएको थियो।

कांग्रेसका अनुसार अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित गर्ने क्रम पनि जारी छ। सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागितासम्बन्धी विवरण पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशन यसअघि असोज १६ गतेदेखि सुरु हुने तय भएको थियो। विभिन्न स्थानमा भएको भारी वर्षाका कारण क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशन दुई दिन सारेर असोज १८ गतेदेखि गर्ने निर्णय गरिएको हो।

spot_img

ताजा समाचार

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी - विनयी त्रिवेणी गाउँपालिका-२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६...