आचारसंहिता उल्लङ्घनमा उम्मेदवारी रद्दसम्म सजाय

Published on

काठमाडौं बैशाख १८ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न पदका लागि मनोनयन गरेका डेढ लाख उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । वैशाख ११ र १२ गते उम्मेदवारि दर्ता गराएका करिब आठ हजार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारहरूले चुनावी अभियान तीव्र बनाइरहँदा आचारसंहिता पालनामा आयोगले सचेत गराएको छ । चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरे उनीहरूको मनोनयन नै रद्द गर्न सक्ने अधिकार आयोगलाई छ ।
“आचार संहिता उल्लङ्घन गरेको कारणले एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने र उम्मेदवारी खारेज हुनेसम्मको व्यवस्था कानुनमा छ,“ आयोगका कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने ।

ताजा समाचार

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...