बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

Published on

काठमाडौं २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदी नेपाल भ्रमणमा आउने योजना बनाइरहेका छन्।
स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’ मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।

एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।

ताजा समाचार

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...

‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’

काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगतमा चिनाउन सहयोग गर्ने...