चीनमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

Published on

चाङ्सा, वैशाख २३ गते । चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै, भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशङ्का गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस / सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...