बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार : मन्त्री बडू

Published on

कञ्चनपुर २ जेठ । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताएका छन् । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविस्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन् ।
लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले शिलन्यास गरेर शिलन्यासमै सिमित रहेको दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको समेत मन्त्री बडूले बताएका छन् ।
लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै उहाँले आगामी आर्थिक बर्षको बजेटमार्फत यी दुई आयोजनालाई सरकारले समेट्ने पनि उनले बताए ।
यस्तै दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसंगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउँद, उद्योग सचिब गणेश प्रसाद पाण्डेयले स्थलगत अनुगमन समेत गरेका छन् ।
उक्त क्षेत्र अनुगमनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशिय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएको भन्दै बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने उनले बताए ।
उहाँले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्न भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब दु्रत गतिमा अगाढी बढ्छ विस्वास व्यक्त गरे । उद्योग वाण्ज्यि तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा मन्त्री बडूले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु ७ अर्व लागत अनुमान समेत गरिएको जानकारी दिए । बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगोको लाग्ने चरणमा रहेको अवस्था छ । समयमै सबै काम टुङ्गो लाग्यो भने बन्दरगाह सँगै औद्योगिक क्षेत्रको कामले समेत गति लिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...