नवनिर्वाचित वडाअध्यक्ष दिनेश जोशी को हुन् ?

Published on

काठमाडौं ६ जेठ । सुदूरपश्चिम प्रदेश भित्रको सुन्दर तथा सुदूर जिल्ला डडेल्धुरा । त्यो भित्रको एक नगरपालिका हो परशुराम । भगवान परशुरामका नामले परिचित यो नगरपालिकाको छुट्टै पहिचान तथा परिचय छ । स्थानिय तहको पहिलो निर्वाचनपछि यस नगरपालिकामा नेपाली काङ्ग्रेस नेतृत्वको स्थानिय सरकार गठन भयो । पाँच वर्षेपछि पुन हालै सम्पन्न भएको निर्वाचनमा समेत यस नगरपालिकामा काङ्ग्रेसले नेतृत्व लिएको छ ।
नगरमा नेतृत्व लिएको नेपाली काङ्ग्रेसको वडा नम्वर ८ का वडा सभापति हुन् दिनेश प्रसाद जोशी । २०५३ साल भाद्र १५ गतेका दिन जन्मेका वडा सभापति जोशी हालै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएका जोशी सामान्य परिवारका हुन् । उनको जिवनको यात्रा निकै रोचक तथा संर्घषमय छ ।
वैजनाथ मा.वि. जमरानीबाट एसएलसी पास गरेको जोशी पछि गएर अध्ययनको शिलशिलामा डडेल्धुराबाट महेन्द्रनगर झरे । कक्षा १० पास गरेर महेन्द्रनगर पसेका उनको वि.स. २०६८ सालबाट राजनितिक यात्रा सुरु भयो । त्यसपछि वि.स. २०६९ सालमा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघमा जोशी जिल्ला सदस्याका रुपमा चयन भए । एमदमै मिलनसार तथा गहिरो सोच भएका जोशीले अर्कातर्फ महेन्द्रनगरबाटै चिकित्सा शास्त्र अध्ययन सुरु गरे ।
चिकित्सा शास्त्र अध्ययन सुरु गरेका जोशी अहिले पनि अध्ययनकै क्रममा रहेका छन् । स्थानिय स्थर तथा गाउँघरमा केही गर्नुपर्छ भन्ने सोच बनाएका जोशीले परशुराम नगरपालिका स्थित जोगवुढामा परशुराम पोलिक्लिनिक सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यार्थी राजनितिमा लागेका जोशी हाल आएर भने परशुराम नगरपालिका ८ वडाको वडाध्यक्षमा निर्वाचित भएका छन् । वडामा निर्वाचित भएपछि जोशीले वडाको समग्र विकासमा एकवद्ध भएर लाग्ने समेत बताएका छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...