नवनिर्वाचित वडाअध्यक्ष दिनेश जोशी को हुन् ?

Published on

काठमाडौं ६ जेठ । सुदूरपश्चिम प्रदेश भित्रको सुन्दर तथा सुदूर जिल्ला डडेल्धुरा । त्यो भित्रको एक नगरपालिका हो परशुराम । भगवान परशुरामका नामले परिचित यो नगरपालिकाको छुट्टै पहिचान तथा परिचय छ । स्थानिय तहको पहिलो निर्वाचनपछि यस नगरपालिकामा नेपाली काङ्ग्रेस नेतृत्वको स्थानिय सरकार गठन भयो । पाँच वर्षेपछि पुन हालै सम्पन्न भएको निर्वाचनमा समेत यस नगरपालिकामा काङ्ग्रेसले नेतृत्व लिएको छ ।
नगरमा नेतृत्व लिएको नेपाली काङ्ग्रेसको वडा नम्वर ८ का वडा सभापति हुन् दिनेश प्रसाद जोशी । २०५३ साल भाद्र १५ गतेका दिन जन्मेका वडा सभापति जोशी हालै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएका जोशी सामान्य परिवारका हुन् । उनको जिवनको यात्रा निकै रोचक तथा संर्घषमय छ ।
वैजनाथ मा.वि. जमरानीबाट एसएलसी पास गरेको जोशी पछि गएर अध्ययनको शिलशिलामा डडेल्धुराबाट महेन्द्रनगर झरे । कक्षा १० पास गरेर महेन्द्रनगर पसेका उनको वि.स. २०६८ सालबाट राजनितिक यात्रा सुरु भयो । त्यसपछि वि.स. २०६९ सालमा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघमा जोशी जिल्ला सदस्याका रुपमा चयन भए । एमदमै मिलनसार तथा गहिरो सोच भएका जोशीले अर्कातर्फ महेन्द्रनगरबाटै चिकित्सा शास्त्र अध्ययन सुरु गरे ।
चिकित्सा शास्त्र अध्ययन सुरु गरेका जोशी अहिले पनि अध्ययनकै क्रममा रहेका छन् । स्थानिय स्थर तथा गाउँघरमा केही गर्नुपर्छ भन्ने सोच बनाएका जोशीले परशुराम नगरपालिका स्थित जोगवुढामा परशुराम पोलिक्लिनिक सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यार्थी राजनितिमा लागेका जोशी हाल आएर भने परशुराम नगरपालिका ८ वडाको वडाध्यक्षमा निर्वाचित भएका छन् । वडामा निर्वाचित भएपछि जोशीले वडाको समग्र विकासमा एकवद्ध भएर लाग्ने समेत बताएका छन् ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...