व्यक्तिगत सहयोगमा वडाध्यक्ष मिश्रद्धारा ह्विलचियर सहयोग

Published on

कञ्चनपुर १८ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका वडा अध्यक्ष मदन राज मिश्रले व्यक्तिगत सहयोगमा ह्विलचियर सहयोग गरेका छन् । शारिरीक रुपमा अशक्त तथा आर्थिक अवस्था कमजोर भएका स्थानिय लक्ष्मी भट्टलाई वडाध्यक्ष मिश्रले व्यक्तिगत रुवरुप ह्विलचियर सहयोग गरेका हुन् ।
“निर्वाचित भएको केही दिन मात्र भएको छ, अन्य स्थानिय तहका विभिन्न जनप्रतिनिधिले निर्वाचित भएपछि पहिलो निर्णय गरेको भन्ने सुनियो ।” वडाध्यक्ष मिश्रले भने, “मैले निर्णय भन्दा पनि चुनावी प्रतिवद्धता अनुरुप प्रथम व्यक्तिगत सहयोग स्वरुप ह्विलचियर सहयोग गरेको हो ।”
आउँदो पाँच वर्षे कार्यकालमा स्थानिय नागरिक सँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न आवश्यकतालाई पुरा गर्न आफू कर्मनिष्ठ भएर लाग्ने समेत उनले बताए । यस्तै वडाका अन्य शारिरीक रुपमा अशक्त अपाङ्गता भएका नागरिकलाई पनि आउँदो बजेटमा समेट्ने गरि ह्विलचियर वडाको तर्फबाट सहयोग गरिने वडा कार्यालयले जनाएको छ । ह्विलचियर पाएपछि स्थानिय भट्ट भने खुसी भएकी छन् । जिल्लाका नौ स्थानिय तह मध्ये भीमदत्त नगरपालिकाका १९ वडा मध्ये वडाअध्यक्ष मिश्र सबैभन्दा कान्छा वडाध्यक्ष समेत हुन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...