हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

Published on

काठमाडौं, १८ जेठ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्।

हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो।

साथै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत प्राधिकरणले गरेको छ । एक इन्जिन भएका हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोके बमोजिमको अवस्थामा बाहेक दुई जना विमान चालक अनिवार्य गरेको छ ।

यदि एकल पाइलटबाट नै हेलिकप्टरको उडान गर्ने हो भने यसको शर्त केके हुने हो, त्यसको लागि समिति गठन भएको प्रवक्ता कर्णले बताए। कारोबार दैनिकबाट ।

ताजा समाचार

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया

काठमाण्डौँ । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै...

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...