हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

Published on

काठमाडौं, १८ जेठ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्।

हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो।

साथै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत प्राधिकरणले गरेको छ । एक इन्जिन भएका हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोके बमोजिमको अवस्थामा बाहेक दुई जना विमान चालक अनिवार्य गरेको छ ।

यदि एकल पाइलटबाट नै हेलिकप्टरको उडान गर्ने हो भने यसको शर्त केके हुने हो, त्यसको लागि समिति गठन भएको प्रवक्ता कर्णले बताए। कारोबार दैनिकबाट ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...