मौसमबारे समन्वय नहुँदा उडान प्रभावित

Published on

काठमाडौं १८ जेठ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यन्वयमा समन्वय हुन नसक्दा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई घण्टा रोकिएको छ । बुधबार देखि लागु हुने गरी सरकारले डिपार्चर, इनरुट र टेस्टीनेसन मौसम क्लीयर हुनु पर्ने र तव मात्र उडान अनुमती दिनुपर्ने गरी निर्णय गरेको थियो ।

मौसम सफा भएपनि बुधबार विहान ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमती नदिदाँ २ घण्टा रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उडड्यन प्राधिकरणले उडानका लागि अनुमती नदिदाँ ६ बजेको उडान ८ः१८ बजे मात्र उडेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । सरकारले गरेको निर्णय स्वागतयोग्य छ तर मौसमबारे समन्वय नहुँदा यात्रुले सास्ती खेप्नु परेको भन्दै भोली देखि सफा मौसम हुँदा समयमै रिपोर्ट दिएर उडान अनुमती दिनुपर्ने उनको बताए ।

यता नागरिक उडड्यन प्राधिकरण अन्र्तगत टावरका कर्मचारीले भने मौसमको रिपोर्टको जानकारी नदिदाँ उडान अनुमती दिन नसकेको जानकारी दिए । सरकारले भिजुअल फ्लाइट सिष्टम ९भिएफआर० प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागु गर्ने निर्णय गरेको छ । यस अन्र्तगत अधिकांस हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरुमा इनरुट मौसम सफा भएपछि मात्र उडान अनुमती दिनु पर्ने भएको छ । बुधबार विहान भिएफआर प्रणाली जडानभएका अधिकांस विमानस्थलको उडान रोकिएको थियो ।

यस अघि विभागले दुई घण्टाको अन्तरमा मौसमको जानकारी दिँदै आएको भएपनि अव यो नियम लागुसँगै तत्कालको मौसम बारे जानकारी दिनु पर्ने प्राधिकरणले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...