मौसमबारे समन्वय नहुँदा उडान प्रभावित

Published on

काठमाडौं १८ जेठ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यन्वयमा समन्वय हुन नसक्दा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई घण्टा रोकिएको छ । बुधबार देखि लागु हुने गरी सरकारले डिपार्चर, इनरुट र टेस्टीनेसन मौसम क्लीयर हुनु पर्ने र तव मात्र उडान अनुमती दिनुपर्ने गरी निर्णय गरेको थियो ।

मौसम सफा भएपनि बुधबार विहान ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमती नदिदाँ २ घण्टा रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उडड्यन प्राधिकरणले उडानका लागि अनुमती नदिदाँ ६ बजेको उडान ८ः१८ बजे मात्र उडेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । सरकारले गरेको निर्णय स्वागतयोग्य छ तर मौसमबारे समन्वय नहुँदा यात्रुले सास्ती खेप्नु परेको भन्दै भोली देखि सफा मौसम हुँदा समयमै रिपोर्ट दिएर उडान अनुमती दिनुपर्ने उनको बताए ।

यता नागरिक उडड्यन प्राधिकरण अन्र्तगत टावरका कर्मचारीले भने मौसमको रिपोर्टको जानकारी नदिदाँ उडान अनुमती दिन नसकेको जानकारी दिए । सरकारले भिजुअल फ्लाइट सिष्टम ९भिएफआर० प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागु गर्ने निर्णय गरेको छ । यस अन्र्तगत अधिकांस हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरुमा इनरुट मौसम सफा भएपछि मात्र उडान अनुमती दिनु पर्ने भएको छ । बुधबार विहान भिएफआर प्रणाली जडानभएका अधिकांस विमानस्थलको उडान रोकिएको थियो ।

यस अघि विभागले दुई घण्टाको अन्तरमा मौसमको जानकारी दिँदै आएको भएपनि अव यो नियम लागुसँगै तत्कालको मौसम बारे जानकारी दिनु पर्ने प्राधिकरणले जनाएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...