भगवान् शिवसँग विवाह गर्न खोज्दै यी ‘पार्वती’ नेपाल, भारत, चीन त्रिदेशीय सीमा कैलाशमा तपस्या

Published on

काठमाडौं २१ जेठ । मान्छेका इच्छा र चाहना थरिथरिका हुन्छन् । कतिपय अवस्थामा मान्छे असम्भवजस्ता लाग्ने इच्छालाई पनि पूरा गर्न खोज्छ । भारतको लखनउकी महिला हरमिन्दर कौर भगवान् शिवसँग विवाह गर्ने चाहना बोकेर कैलाश मानसरोवर पुगेकी छन् ।
नेपाल, भारत र चीनको त्रिदेशीय सीमा गुञ्जी क्षेत्र नजिकको पर्वतमा पुगेर ती महिलाले तपस्याको प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूलाई पार्वतीको अवतार मानेको र शिवजीको खोजीमा हिँडेको बताएकी छन् ।
ती महिला पुगेको कैलाश पर्वत नेपालको दार्चुला र भारतको धार्चुला सीमा क्षेत्रमा पर्छ । धार्चुलाका एसडीएमबाट १५ दिनको अनुमति लिएर कैलाश पुगेकी महिला उतै तपस्यामा लागेकी छन् । गत २५ मईका दिन उनको अनुमति अवधि सकिएको छ ।
अनुमति सकिएपछि घर फर्किन उनलाई सुरक्षाकर्मीले आग्रह गरेपनि उनले शिवजीसँग बिहे गरेर छाड्ने, आफू घर नफर्किने र जबरजस्ती गरेमा आत्महत्या गर्ने अडान लिएकी छन् ।

ती महिलाको धम्कीपछि भारतीय सुरक्षाकर्मीले पूर्व तयारीसहित सुरक्षा दस्ता बढाएर उनलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको समाचारमा उल्लेख छ । एजेन्सी ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...