भगवान् शिवसँग विवाह गर्न खोज्दै यी ‘पार्वती’ नेपाल, भारत, चीन त्रिदेशीय सीमा कैलाशमा तपस्या

Published on

काठमाडौं २१ जेठ । मान्छेका इच्छा र चाहना थरिथरिका हुन्छन् । कतिपय अवस्थामा मान्छे असम्भवजस्ता लाग्ने इच्छालाई पनि पूरा गर्न खोज्छ । भारतको लखनउकी महिला हरमिन्दर कौर भगवान् शिवसँग विवाह गर्ने चाहना बोकेर कैलाश मानसरोवर पुगेकी छन् ।
नेपाल, भारत र चीनको त्रिदेशीय सीमा गुञ्जी क्षेत्र नजिकको पर्वतमा पुगेर ती महिलाले तपस्याको प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूलाई पार्वतीको अवतार मानेको र शिवजीको खोजीमा हिँडेको बताएकी छन् ।
ती महिला पुगेको कैलाश पर्वत नेपालको दार्चुला र भारतको धार्चुला सीमा क्षेत्रमा पर्छ । धार्चुलाका एसडीएमबाट १५ दिनको अनुमति लिएर कैलाश पुगेकी महिला उतै तपस्यामा लागेकी छन् । गत २५ मईका दिन उनको अनुमति अवधि सकिएको छ ।
अनुमति सकिएपछि घर फर्किन उनलाई सुरक्षाकर्मीले आग्रह गरेपनि उनले शिवजीसँग बिहे गरेर छाड्ने, आफू घर नफर्किने र जबरजस्ती गरेमा आत्महत्या गर्ने अडान लिएकी छन् ।

ती महिलाको धम्कीपछि भारतीय सुरक्षाकर्मीले पूर्व तयारीसहित सुरक्षा दस्ता बढाएर उनलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको समाचारमा उल्लेख छ । एजेन्सी ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...