दुर्गम बस्ती मलासमा मन्त्र हस्पिटलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Published on

महेन्द्रनगर २२ जेठ । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले दुर्गम बस्ती मलासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका ७ स्थित मलास क्षेत्रमा मन्त्र हस्पिटलले एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । महेन्द्रनगर सदरमुकामबाट नजिक रहेको मलास क्षेत्रका स्थानिय नागरिककोे स्वास्थ्य उपचार सहज होस् भन्दै हस्पिटलले निशुल्क स्वास्थ्य शिविर चलाएको थियो ।
स्वास्थ्य शिविरमा मलास क्षेत्रका कसान, रैचिनी, नाउला, भुमिथला, बड्डीमलास, पिपलकोट, तालिगडा, बस्नेवटा, ददिगडा, खोरिया, काजिँगडा र गैरिखान गाउँ सम्मका झण्डै ६ सय घरधुरीलाई लक्षित गर्दै हस्पिटलले सेवा प्रदान गरेको हस्पिटलले जनाएको छ ।
“यस क्षेत्रका स्वास्थ्य उपचारबाट टाढा रहेका स्थानिय नागरिकको स्वास्थ्य उपचार गर्ने हस्पिटलको उदेश्य थियो, तरपनि हामीले डेढ सय बिरामीलाई चेकजाँच गरि निशुल्क औषधी वितरण गरेर सेवा प्रदान गर्ने मौका पाएको अवस्था छ ।” मन्त्र हस्पिटलका एमडी डा. गोविन्द रोकायाले भने, “यस क्षेत्रका स्थानियको धेरै जसो रोग च्याप्ने र केही रोग भएपनि मनमै दबाउने तथा पचाउने धेरै पाइएको छ ।” उपचार गर्दा हामीले दिने सल्लाह दिएर उहाँहरुलाई थप स्वास्थ्य उपचार निशुल्क रुपमै गर्न आउँदो दिनमा पनि हस्पिटलले प्रयास गर्ने उनले बताए ।
हस्पिटलको ३ जना डाक्टर लगायतको टोली शनिवार मलास क्षेत्र गएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...