जिल्ला खेलकुद समितिद्धारा पालिका संग बजेट विनियोजन र समन्वयका लागि भेटघाट

Published on

विकास सिंंह महता / महेन्द्रनगर २४ जेठ । कञ्चनपुर जिल्ला खेलकुद समितिद्धारा कञ्चनपुर जिल्लामा रहेका पालिका संग बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक भेटघाट गरेका छन् । सोमबार जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना ,बेलौरी नगरपालिका उपप्रमुख जोग राम चौधरी ,पुनर्वास नगरपालिका प्रमुख तोय नाथ शर्मा,उप प्रमुख भुलिया कुमारी राना र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना लाई खेलकुद गतिविधि लाई अगाडि बढाउनका लागि आवश्यक बजेट विनियोजन र जिल्ला खेलकुद विकासमा समन्वय र सहयोगका लागि भेटघाट गरि पत्र बुझाएका छन् पालिका प्रमुख र उपप्रमुखले भने ‘खेलाडीका लागि पहिला आवश्यक खेलमैदान बनाउनका लागि पहल कदमी अगाडि बढाउने र आगामी आर्थिक वर्षमा खेलाडीको हितमा रहेर बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता गरेका छन् ।

पालिकाहरुमा रहेका विद्यालयका लाई समन्वय गरेर राष्ट्रपति रनिङ सिल्डका लागि पहल कदमी समेत अगाडि बढाउनका लागि समेत पालिका लाई समेत आग्रह गरेका छन् । जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडका, उपाध्यक्ष कैलाश चन्द गिरि, सदस्य धन बहादुर महता, बिष्नु जैसी महिला सदस्य दुर्गा देवी भट्ट, प्रशिक्षक प्रमुख बिमल खडायत, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायतको टिमले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधि संग भेटघाटगरी बधाई पनि दिएका छन ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...