लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो

Published on

रसुवा, २४ जेठ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।

निकुञ्जको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८र९ को १० महिनामा साढे १५ हजार पर्यटक निकुञ्ज भित्रिएका छन् । कार्यालयअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म १५ हजार ६४१ पर्यटक आएका हुन् । जसमा १३ हजार १२० नेपाली, दुई हजार ३८८ विदेशी र सार्क राष्ट्रका १९३ पर्यटक छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९०का कारण दुई वर्षसम्म पर्यटक आउने क्रम घटेको थियो । कोरोनाको सङ्क्रमण रोकथामका लागि देशमा लकडाउन भएपछि पर्यटक आउने क्रम शून्यमा झरेको थियो । पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले धेरै खर्च गर्दछन् । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि हजारौं पर्यटक आउने गरेका छन् । निकुञ्जमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन र अवलोकन गर्न पुग्ने गर्दछन् ।

साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् । हरेक वर्षको असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बा¥है महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरूमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, बेलायत, कोरिया, रुस, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । यसअघि निकुञ्जमा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेकोमा अहिले गोसाइँकुण्डमा जानेको सङ्ख्या बढेको छ ।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमशृङ्खला, गोसाइँकुण्डलगायतका विभिन्न कुण्ड, ऐतिहासिकस्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...