पदिक तथा हुद्धा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

Published on

काठमाडौं २४ जेठ । भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ४९ पदिक/हुद्धा अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरेका अधिकृत क्याडेटहरुलाई प्रधान सेनापति प्रभुराम शर्माले ६२ जना पदिक/हुद्धा अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन् । फोटो फिचर ।

प्रधान सेनापति महारथी शर्माले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुभएकोमा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान अधिकृत क्याडेटहरुले देखाउनु भएको शारीरिक र मानसिक सहनशीलता, समर्पण भाव, उच्च आत्मविश्वास, कठिन परिश्रम र दृढताको प्रशंसा गरेका छन् । उक्त कार्यक्रममा उनले नेपाली सेनाले संविधान प्रदत्त प्रमुख जिम्मेवारीको अलावा विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक(सैनिक सम्बन्ध बिस्तार र अप्रत्यासित रुपमा आईपर्ने राष्ट्रिय संकटहरुमा नेपाली जनतासँग काँधमा काँध मिलाउँदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको र विगत देखि नै स्वदेश तथा विदेशमा पुर्‍याएको योगदानकै आधारमा नेपाली सेनाले वर्तमानमा पनि व्यावसायिक र मर्यादित संगठनको रुपमा बिम्ब स्थापना गर्न सकेको समेत बताए ।

ताजा समाचार

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया

काठमाण्डौँ । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै...

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...