पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

Published on

काठमाडौं २६ जेठ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग मुग्लिन–नारायणगढ सडकअवरुद्ध भएको छ ।

रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं. ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको हो ।
पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

spot_img

ताजा समाचार

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न...

ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका

काठमाडौं । इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न...

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...