गर्भवती महिलाको लागि परशुरामले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

Published on

डडेल्धुरा ३ असार । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले पालिका भरि गर्भवती महिलाहरूको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकामा बसेको कार्यपालिकाको चौथो बैठकले नगरपालिकाका १२ वटै वडाका गर्भवती महिलाको लागि निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय बमोजिम निशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको हो ।
जिल्लाको अन्य स्थानिय तह सँगै परशुराम नगरपालिकामा पनि दुर्गम पालिकामा पर्ने गर्दछ । एम्बुलेन्स निशुल्क गरिने कार्यपालिकाको निर्णयपछि भने यस क्षेत्रका गर्भवती महिलालाई सहज हुने अनुमान नगरपालिकाले गरेको छ ।
यसैगरि शुक्रवार बसेको कार्यपालिकाको चौथो बैठकले यो सँगै अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ । जसमा अति विपन्न, गरिब परिवार र पढाईमा उत्कृष्ट छोरी बुहारीलाई स्नातक तहको अध्ययनका लागि प्रोत्साहन गराउन छोरी बुहारी छात्रवृति कोष सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा ७ वडा स्थित सिद्धनाथ माध्मिक विद्यालय मलासमा चारकोठे पक्की भवन निमार्णलाई प्राथमिकता र ४ वडा स्थित कालिका प्राथमिक विद्यालयमा समेत दुई कोठे पक्की भवन निमार्ण गर्ने, लगायतका निर्णय गरिएको परशुराम नगरपालिकाले जनाएको छ ।
यस्तै पालिकाको ११ औँ नगरसभा असार १० गत दिनको बोलाउने निर्णय भएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...