नेपाली सेनाद्वारा कैलालीको तारागढी र ताराकोट पुनर्निर्माण

Published on

पदमराज भट्ट, धनगढी ५ असार । नेपाली सेनाले ऐतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ। नागरिक सैनिक सम्बन्ध बिस्तार अन्तरगत स्थानीयसँग समन्वय गरेर नेपाली सेनाले ऐतिहासिक किल्ला पुनर्निर्माणको कार्य सम्पन्न गरेको छ। जस अन्तरर्गत कैलाली स्थित देवी दल गण अत्तरिया तेघरीले गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा रहेको तारागढीको पुनर्निर्माण गरेको छ। गोदावरी नगरपालिकामै पर्ने ताराकोटको पनि नेपाली सेनाले पुनर्निर्माण गरेको छ।


१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। अत्तरिया तेघरीमा रहेको देवीदल गणले स्थानीय तहसँग समन्वय गरेर निर्माण गरिएका उक्त एतिहासिक किल्ला गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको हो।

आइतबार उक्त किल्ला पश्चिमी कमाण्डका सेनापती उपरथी प्रेम शाहीले गोदावरी नगरपालिकाका जनपतिनिधिलाई हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा पश्चिमी कमाण्डका सेनापती उपरथी प्रेम शाही , श्री नं २५ बाहिनी अड्डाका बाहिनीपती साहायक रथी पुरुषोतम ढकाल लगायत देवी दल गणका गणपति सुनिल मल्ल, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागि रहेको थियो। उक्त किल्लाको एतिहासिक महत्व रहेको छ। विगतमा अग्रेजहरुसँग लडाइ हुँदा राजाका सेनाहरु उक्त गढीमा बसेका थिए। सो समयमा निर्माण गरिएका गढीहरु जिर्ण थिए। तीसँगै अन्य स्थानमा रहेका ऐतिहास गढीहरु पुनर्निर्माण गर्ने नेपाली सेनाले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...