सामुदायिक तथा निजि विद्यालयका ५ देखि ११ वर्षका बालबालिका लाई लक्षित गर्दै भोलि देखि खोप सेवा सञ्चालन

Published on

बिकाश सिंह महता, कञ्चनपुर ८ असार । सहयात्रा नेपाल कञ्चनपुरको आर्थिक सहयोगमा जिल्लाको कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा सामुदायिक तथा निजि विद्यालयका शिक्षक संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक र निजि विद्यालयका शिक्षकलाई कोभिड(१९ फाइजर ( बायोएनटेक खोप सेवा सञ्चालनका लागि लक्षित उमेर समुह ५ देखि ११ वर्षका बालबालिका लाई खोप सेवा दिइने छ। खोप सेवा कार्यक्रम संचालन गर्न का लागि कार्यतालिका तय गरेको हुँदा त्यसैको पुर्व सन्ध्यामा बुधबार कृष्णपुर नगरपालिकाको सभा हलमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो।

सामुदायिक तथा निजि विद्यालयमा खोप लगाउने कार्यक्रम भोलि असार ९ गते बिहिवार देखि कञ्चनपुर जिल्ला व्यापीरुपमा कोभिड(१९ को फाइजर ( बायोएनटेक खोप सेवा सञ्चालन हुने सहयात्रा नेपाल कञ्चनपुरका कोभिड(१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंहले बताएका छन् । उनले भनेु असार ८ गते आज बुधबार अभिमुखिकरण कार्यक्रममा कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालयका शिक्षक लाई फाइजर(बायोएनटेक खोप सेवा सञ्चालन बारेमा अभिमुखिकरण गर्नु भएको थियो।

अभिमुखिकरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्ट , सामुदायिक तथा निजि विद्यालयका प्रतिनिधि , सहयात्रा नेपालका कोभिड(१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंह, कोभिड( १९ कन्सलटेन्ट कमल जागरी र पत्रकार लगायतको उपस्थिति रहेको थियो। सहयात्रा नेपालले सामुदायिक क्षेत्रमा अग्रसर रहदै विगत लामो समयदेखि कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...