अफगानिस्तानमा भूकम्प कम्तीमा २८० जनाको मृत्यु

Published on

काठमाडौं ८ असार । अफगानिस्तानको पक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।

भूकम्प ६।१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पु¥याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । सिन्ह्वा ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...