पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

Published on

काठमाडौं २३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस महिना देखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विमानस्थललाई आगामी पुस १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ।

करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ। त्यस्तै विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ। छ सय रुखमध्ये चार सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त डाँडाको दुई थुम्का कटानका लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ।

विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई ध्यानमा राखेर उक्त डाँडा कटान गर्नुपरेको हो। प्रारम्भिक सर्भेअनुसार तीन लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ। सन् २०२१ को जुलाईभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गोलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको थियो।

नयाँ विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...