चीनले रुसी आक्रमणलाई सहयोग गर्न रेलमार्फत सैन्य उपकरण पठाउँदै

Published on

काठमाडौं २३ साउन । आधिकारिक रूपमा चीनले रुसलाई सैन्य समर्थन गर्दैन । चीन रुस—युक्रेन मुद्दामा एक निश्चित दुरी राख्न चाहन्छ । तर, चीनद्वारा निर्मित सेनाका बन्दोबस्तीका उपकरणहरू रोस्तोभको रेल स्टेसनमा देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था बुल्गेरियनमिलिटरी डट कमले जनाएको छ ।

एक भिडियोले रोस्तोभको स्टेसनमा उपकरणले भरिएको रेलगाडीहरूको आवागमन रेकर्ड गरेको छ । भिडियोमा पहिले बहुउद्देश्यीय सवारीसाधन देखिन्छ । चीनमा निर्मित इभेको भीएम ९० नाभेको कन्सोर्टियम )चीनको नान्जिङ मोटर समूह कम्पनी र इटालीको फिएट इभेकोसँगको संयुक्त लगानी)ले बनाएको हो ।यस प्रकारका सवारी साधनहरू सन् १९९९ मा चिनियाँ राष्ट्रिय मुक्ति सेनासँगै सेवामा प्रवेश गरेका हुन् । त्यसपछि धेरै संस्करणहरूमा व्यापक रूपमा प्रयोग गरिएको पाइन्छ ।रोस्तोभमा यो गाडी देखिनुको कारण रुसलाई गाडीहरू चाहिएको हुनुसक्ने अनुमान गरिएको छ । युद्धको सुरुवातमा गाडीहरूमा ठुलो हानिले रुसीहरूलाई अस्थायी रूपमा गोला बारुदको सहज आपूर्ति सुनिश्चित गर्न थप गाडीहरू चाहिएको छ । यस्तै, त्यहाँ यसअघि पहिले नै उकरणको ढुवानी सुरु भएको आँकलन गरिएको छ ।

बुल्गेरियनमिलिटरीकाअनुसार रोस्तोभमा चिनियाँ उपकरणको उपस्थितिको अर्थ त्यहाँ पहिले नै सम्भवतः रेलबाट सामानहरू लगिएको छ ।युक्रेनको युद्धमा चीनको उपकरण—सहभागिता उनीहरूका लागि युद्धको अवस्थामा सैन्य उपकरणको परीक्षण हुन सक्ने बताइएको छ । तर, उनीहरूमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनुको कारण पनि हुन सक्ने बताइएको छ । चीनको वर्तमान समस्याहरूलाई ध्यानमा राख्दा यस्ताकार्यले चीनका लागि फाइदाजनक हुन नसक्ने यसको टिप्पणी छ । बुल्गेरियनमिलिटरी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...