नेपाली चिया लिन चीन सकारात्मक

Published on

काठमाडौं ३१ साउन । नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ । नेपालले चिया निर्यातका लागि जीटुजी (सरकार–सरकारबीच) सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले जानकारी दिए ।त्यहाँ भएको दुईपक्षीय छलफलमा नेपाली चिया आयातका लागि चीन सकारात्मक भएको त्यहाँ रहेको नेपाली दूतावासका अधिकारीले आफूलाई जानकारी पठाएको निर्देशक खनालले बताए ।
परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले सो प्रस्ताव गरेको हो । मन्त्री खड्कासहितको टोलीले गत साता चीनको भ्रमण गरेको थियो ।

नेपाली चिया निर्यातका विषयमा चीनसँग यसअघिदेखि नै कुराकानी भइरहेको थियो । त्यसबारे केही कागजात पनि आदानप्रदान भइसकेको छ । यस पटक दुवै सरकारबीच सम्झौता गर्नका लागि प्रस्ताव नै पठाएको उनले बताए । चिया नेपालको मुख्य निर्यात वस्तु हो । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड रुपियाँको ११ हजार ९२० मेट्रिक टन र २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । अहिले नेपाली चियाको मुख्य बजार भारत हो । नेपालको कुल चिया निर्यातको ९० प्रतिशत भारतमा हुने गरेको छ तर नेपाली चिया भारतमा निर्यात गर्दा समयसमयमा झन्झट आउने गरेको छ । भारतले बेलाबेलामा नेपाली चियाबारे भ्रम सिर्जना गरेका कारण बजारमा नकारात्मक धारणा फैलने गरेको र त्यसले निर्यात प्रभावित हुने गरेपछि भारतको विकल्पमा बजार खोज्नुपर्ने बाध्यता आएको उनले जानकारी दिए । भर्खरै भारतको लोक सभा र राज्य सभामा प्रस्तुत विधेयकमा भारतमा निर्यात हुने चियामा परिमाणात्मक बन्देज लगाउनुपर्ने र भन्सार कर लिनुपर्ने प्रावधान राखिएको छ । भारतको संसदीय समितिले चियाबारे अध्ययन गर्दै नेपाललगायत विभिन्न देशको चिया न्यून गुणस्तरको भएको प्रतिवेदन दिएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...