जबराले सीमा बाहिर गएर अभिव्यक्ति दिए : मीन विश्वकर्मा

Published on

काठमाडौं, भदौ १५ गते । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको उनको आरोप छ। प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

सचेतक विश्वकर्माले महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले सामान्य रूपमा लिएको बताए। उनले प्रधानन्यायाधीश जबराले राजनीतिक रूपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा आफूले एकमतले निर्णय गर्न नसकेको उल्लेख गरेका छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...