चार हजार जवान भर्ती गर्दै सेना

Published on

काठमाडौं २४ भाद्र । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले जनाएको छ ।

भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्ने तोकेको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...