पाकिस्तानमा बाढीपछि स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी

Published on

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन्।

जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन्।

देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन्।

अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३,८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन्। उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...