तीन दिनदेखिको लगातार वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध

Published on

कैलाली – तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ ।

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात चालु गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

भुक्तानी नपाउँदा सहकारीले डिडिसीलाई दूध बेच्न छाडे

काठमाडौं । नियमित भुक्तानी नपाउँदा पश्चिम नवलपरासीका दूध बिक्री गर्दै आएका सहकारीहरूले दुग्ध विकास...

तीन प्रतिशत नापीले मुस्ताङको कृषि–पर्यटन खुम्चियो

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको...

पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव स्वस्थ हुँदैन : मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न...

निसीखोलामा महिलाको शव फेला

काठमाडौं । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा...