निफ्राले शेयरधनीहरुलाई ४ प्रतिशत लाभांश वितरण गर्ने

Published on

काठमाडाैं – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यसअनुसार बैंकले ९० करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश शेयर धनीलाई वितरण गर्ने छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयर धनीले पाउनेछन्।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...