यो दसैँमा काठमाडौँमा मात्रै ६० हजार खसीबोका बिक्री हुने अनुमान

Published on

काठमाडौं – यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।

घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा समाचार

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ...

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया

काठमाण्डौँ । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै...

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट : तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...