बडादशैँ प्रारम्भ,आज घटस्थापना

Published on

काठमाडौं । नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो दिन असोज शुक्ल प्रतिपदामा जमरा राखी घटस्थापना गरिँदै छ ।

पूजाकोठा वा दशैँघरमा रातोमाटोले लिपेर चोखो र शुद्ध पारिन्छ । दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखिन्छ । यस दिनबाट नवरात्र मेला पनि सुरु हुन्छ । नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ परायण गरी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ । उपत्यकाको भद्रकाली, गुह्येश्वरी, नरदेवी, मैतीदेवी, नक्साल भगवतीलगायतका शक्तिपीठमा देवीको उपासना गरिन्छ । त्यस्तै हेटौँडाको भुटनदेवी, काभ्रोको उग्रचण्डी, ललितपुरको पूर्णचण्डी, गोरखाको मनकामना, बाँकेको वागेश्वरीलगायतका देवीपीठमा उपासना गरिन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...