बडादशैँ प्रारम्भ,आज घटस्थापना

Published on

काठमाडौं । नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो दिन असोज शुक्ल प्रतिपदामा जमरा राखी घटस्थापना गरिँदै छ ।

पूजाकोठा वा दशैँघरमा रातोमाटोले लिपेर चोखो र शुद्ध पारिन्छ । दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखिन्छ । यस दिनबाट नवरात्र मेला पनि सुरु हुन्छ । नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ परायण गरी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ । उपत्यकाको भद्रकाली, गुह्येश्वरी, नरदेवी, मैतीदेवी, नक्साल भगवतीलगायतका शक्तिपीठमा देवीको उपासना गरिन्छ । त्यस्तै हेटौँडाको भुटनदेवी, काभ्रोको उग्रचण्डी, ललितपुरको पूर्णचण्डी, गोरखाको मनकामना, बाँकेको वागेश्वरीलगायतका देवीपीठमा उपासना गरिन्छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...