नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त छैन : अर्थमन्त्री शर्मा

Published on

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् ।

बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए ।

सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भने, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’ सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उनले बताए । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी फरक र महत्वपूर्ण रहेको बताए ।

‘सिंगो अर्थतन्त्र यसैमा निर्भर छ । देशको भविष्य यसैमा निर्भर छ । यो (राजश्व) चलेन भने देश चल्दैन । यसकारण यो मुलुकको मेरुदण्ड हो’, उनले भने ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...